गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखी सुरु, अभियान सम्बन्धी छलफल हिजो सम्पन्न

अत्तरिया : लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज (शनीबार) देखी सुरु हुँदै छ । यो अभियान देशभर विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

कैलालीको गोदावरी नगरपालिकाले पनि उक्त अभियानलाइ विभिन्न कार्यक्रम गरी मनाउने भएको हो । अभियान सम्बन्धी हिजो (शुक्रबार) छलफल सम्पन्न भएको थीयो । जसअन्र्तगत नगरपालिकाको महिला विकास शाखाले आज बेलुकी ५ बजे अभियानको उद्घाटन गर्ने भएको छ ।

अत्तरिया बसपार्कमा आयोजना गरिने उद्घाटन कार्यक्रममा १६ ओटा मैनबत्ति बालेर ब्यानर बाचन गरिने महिला विकास शाखा प्रमुख गोदावरी खत्रीले बताइन । १६ दिनसम्म नगरपालिकाका विभीन्न स्थानहरुमा जनचेतनामुलक सडक नाटक प्रस्तुत गर्ने तथा स्थानीय सञ्चारमाध्यममा जनचेतनामुलक सामग्री प्रसारण गर्ने योजना रहेको छ ।

त्यस्तै नगरपालिकाभित्र काम गर्दै आएका विभीन्न संघ सँस्थाहरुले पनि महिला विकास शाखासंग समुन्वय गरी विभीन्न कार्यक्रमहरु गर्ने भएका छन् ।

१६ दिने अभियानको शुरुवात नेपालमा विसं २०५४ सालदेखि भएको पाईन्छ र यस अवधिमा विविध महिला विरुद्ध हुने हिंसाका सवालमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरी मनाउँदै आएको छ ।

तथापि नेपाल सरकारको मन्त्रीपरिषद्ले भने २०७५ सालमा आएर मात्र लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सामाजिक सचेतना सहित प्रत्येक बर्ष सवै स्थानीयपालिका, प्रदेश तथा संघमा संचालन गर्ने निर्णय गरेको थियो ।

Loading...