अत्तरिया : डोटीका भोज बहादुर किमाडी काठमाण्डौमा सम्पर्क बिहीन भएका छन् । जिल्लाको शिखर नगरपालिका ११ किमडा बसोबास भएका ४५ बर्षिय किमाडी शनिबारबाट काठमाण्डौमा सम्पर्क बिहीन भएका हुन् ।
बिगत केही बर्षदेखी मानसिक सन्तुलन ठिक नभएका कारण उनलाई उपचारका लागि काठमाण्डौ लगिएको थियो । उनी काठमाण्डौको बाफलमा रहेको ग्रिन तारा होटेलबाट शनिबार बिहान ६ बजे निस्केर सम्पर्क बिहीन भएका उनका छोरा रविन्द्र किमाडीले बताएका छन् ।
मानसिक सन्तुलन गुमाएका उनी होटेलबाट एक्कासी निस्केर सम्पर्क बिहीन भएपछि उनको परिवार चिन्तित बनेको छ ।
गहुँगोरो बर्णका खरानी कलरको जिन्सपाईन्ट, निलो,सेतो कलरको जाकेट र खुट्टामा चप्पल लगाएका मानसिक अवस्था ठिक नभएका किमाडीलाई देख्नु वा फेला पार्नुभएमा ९८६५८३१३९८, ९८६८३११३९२ वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।