संकल्प यात्राको उद्घाटन गर्न बैतडी जाने क्रममा अत्तरियामा अध्यक्ष ओलीको स्वागत

अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कैलालीको अत्तरियामा स्वागत गरिएको छ ।

बुधबार ‘झुलाघाट चिवाभञ्ज्याङ’ समृद्दिका लागि संकल्प यात्राको उद्घाटन गर्न बैतडी जाने क्रममा अत्तरियामा ओलीको स्वागत गरिएको हो । गोदावरी नगरकमिटीद्वारा आयोजित स्वागत कार्यक्रममा यस क्षेत्रका एमालेका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

अत्तरिया चोकको पहाड रोडमा लामवद्ध एमालेका नेता कार्यकर्ताले धनगढीबाट बैतडी जाँदै गरेका ओलीको खादा र फूलमालाले स्वागत गरेका थिए । बिहीबार देखि सुरु गर्न लागिएको ‘झुलाघाट चिवाभञ्ज्याङ’ समृद्दिका लागि संकल्प यात्राको उद्घाटन गर्न अध्यक्ष ओली मंगलबार साँझ नै बुद्ध एयरको जहाज मार्फत धनगढी पुगेका थिए ।

एमाले अध्यक्ष ओली सँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू सहभागि छन । झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।

पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ  । यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी एमालेको छ ।

Loading...