कञ्चनपुरका पाँच प्रहरी पुरस्कृत

धनगढी : कञ्चनपुरका एकसहित पाँच प्रहरी पुरस्कृत भएका छन्। लागु औषध नियन्त्रण ब्युरोले इलाका प्रहरी कार्यालय ड्डाचौकी कञ्चनपुरमा दरबन्दी रहेका प्रहरी हल्दार पदम सिँह विष्टसहितका पाँच जनालाई पुरस्कृत गरेको हो।

उनी लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय महेन्द्रनगरमा कार्यरत रहेका थिए। विष्टलाई नौ सय रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको छ।

उनीसँगै प्रहरी वरिष्ठ हल्दार नवराज घिमिरे, प्रहरी हल्दार जयसी प्रसाद यादब, रामजी लम्साल र सचिदान्द विश्वासलाई समेत पुरस्कृत गरिएको छ। उनीहरूले उत्कृष्ट तथा प्रशंसनीय काम गरेको ब्युरोले बताएको छ।

Loading...