डडेल्धुराका शाहु बसपार्क नजिक मृत फेला

डडेल्धुरा : डडेल्धुरा बसपार्क नजिक एकजना मृत फेला परेका छन् । अजयमेरु गाउँपालिका वडा नम्बर ३ चनाली घर भएका ३५ वर्षीय शेर शाहु मृत फेला परेका हुन्।

शाहु आफ्नै पसल बगरकोट रोडमा रहेको अजयमेरु फ्रेस हाउसको तल्लो तलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले बताए।

घटनाको थप अनुसन्धान भइरहेको र आफन्त आएपछि मुचुल्का उठाउने तयारी रहेको डिएसपी कार्कीले जानकारी दिएका छन।

Loading...