कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरबाट चोरी मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०८० अषाढ २७ गते चोरी मुद्दामा पाँच महिना ७ दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

भीमदत्त नगरपालिका–८ का बसन्त सुनारलाई कञ्चनपुर प्रहरीले घर ठेगानाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका सुनारलाई तोकिएको कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ।

Deep Jyoti Pustak psl
Loading...