कञ्चनपुरबाट लाखौ मुल्यका अबैध सामान बरामद

कञ्चनपुर : कञ्चनपुरबाट चार लाख ३८ हजार मुल्य बराबरका अबैध सामान बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–८ तिलाचौरबाट भन्सार छलीका करिब एक लाख ३८ हजार मुल्य बराबरका बिडी र भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट करिब तीन लाख मुल्य बराबरका कपडा, चप्पल लगायत गरी चार लाख ३८ हजारका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा ती सामान बरामद गरेको हो।

Deep Jyoti Pustak psl
Loading...