डडेल्धुरामा जिप दुर्घटना, ८ जना घाइते

डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुदा ८ जना घाइते भएका छन ।

जिल्लाको नवदुर्गा गाउँपालिका–३ कुरगेडीबाट जिल्ला सदरमुकाम आउँदै गरेको ग १ ज ८१९४ नम्बरको जिप दुर्घटना भएको हो।

नवदुर्गा गाउँपालिका–२ का वडाध्यक्ष दिलबहादुर बिष्टले वडा नम्बर २ को रउतगाउँमा जिप दुर्घटना भएको र ८ जना घाइते भएको बताए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

Loading...