बझाङमा एक युवक मृत अवस्थामा फेला

बझाङ : बझाङमा एक युवकको मृत्यु भएको छ। मष्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय कलक कठायतको मृत्यु भएको हो।

आइतवार साँझ उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताए। उनी सदरमुकाम चैनपुरमा डेरा गरि बस्दै आएका थिए।

घटनाबारे थप अनुसन्धान गरिरहेको चौधरीले जानकारी दिए।

Deep Jyoti Pustak psl
Loading...