कञ्चनपुरका बिभीन्न स्थानबाट भन्सार छलीका सामान बरामद

धनगढी : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरीएको छ। कञ्चनपुरका बिभीन्न स्थानबाट प्रहरीले २ लाख ५४ हजारका सामान बरामद गरेको हो ।

जिल्लाको भीमदत्त नगरपालिका–१० बाट ९४ हजार एक सय ४० र वडा नम्बर ६ बाट एक लाख ६० हजार चार सय मूल्यका सामान बरामद गरिएको हो।

सुदूरपश्चिम प्रदेश, प्रहरी धनगढीका अनुसार भीमदत्त नगरपालिका–१० बाट ९४ हजार एक सय ४० का चिनि, मिश्रि, तेल, सोडा, नरिवल, विभिन्न हार्डवेयरका सामान बरामद गरिएको हो।

भीमदत्त–६ बाट एक लाख ६० हजार चार सयका भाँडावर्तन, जुत्ता चप्पल, डोर स्प्रिङ हेल्मेट, कफन कपडा, बल, किलिप बोर्ड, विवाह कार्ड, फोटो पेपर लगायतका अवैध सामान बरामद गरिएको हो।

शुक्रवार साँझको प्रहरी गस्ती टोलीले बेवारिस सामान बरामद गरेको हो। भन्सार छलीको सामान गड्डाचौकी भन्सार पठाइने छ।

Deep Jyoti Pustak psl
Loading...