कञ्चनपुरमा तस्करीको सामान बरामद, एक जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा तस्करीको सामानसहित एक जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिको परीचय भने खुलाइएको छैन्।

जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट अन्दाजी २९ हजार ५ सय मुल्य बराबरको तस्करी गरी ल्याइएका लेडिज कपडासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

पक्राउ गरेको सामानसहित उनलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

Deep Jyoti Pustak psl
Loading...