डडेल्धुराको भागेश्वर मा.वि.ले गर्यो उच्च राशिको खुल्ला भलिबल प्रतियोगिताको आयोजना

डडेल्धुरा : डडेल्धुराको परशुराममा खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। परशुराम नगरपालिका–४ कटालमा अवस्थित भागेश्वर माध्यामिक विद्यालयमा पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो।

विद्यालयको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले बताए।

पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख एक्काउन्न हजार एक सय ११ रुयैयाँ प्राप्त गर्नेछ। उपविजेताले १ लाख १ हजार १ सय ११ र तेस्रो हुने टिमले ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए । यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइने उहाँले बताउनुभयो। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क रु ५ हजार राखिएको छ।

साथै महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११ रुपैयाँ, द्धितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क ३ हजार तोकिएको छ भने प्रतियोगिता नेपाली नागरिकले मात्रै खेल्न पाउने पनी उहाँले बताउनुभयो ।

प्रतियोगिता १२ माघदेखि १५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ। माघ २ गते देखि ११ गते ४ बजे भित्र टिम दर्ता गराइसक्नुपर्नेछ।

सबै खेलप्रेम खेलाडीलाई प्रतियोगितामा सहभागि भइदिन विद्यालयले अनुरोध गरेको छ ।

Deep Jyoti Pustak psl
Loading...