अत्तरिया : स्वास्थ्यका लागि खेलकुद,राष्ट्र लागि खेलकुद भन्ने मुलनाराका साथ डडेल्धुरा को परशुराम नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ सिल्डको उद्घाटन गरिएको छ ।
आज (बिहिबार) नगरप्रमुख भरतबडाएर जोशी को सभापतित्व र पुर्व भौतीक पुर्वाधार मन्त्री पठान सिंह बोहराको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्दघाटन गरीएको हो । आज पहिलो दिनका कार्यक्रमहरु सभ्यभब्यरुपमा सम्पन्न भएका छन भने रनिङ शिल्डमा नगरपालीकाका १६ वटा बिद्यालय को सहभागिता रहेको छ ।
आज भएका चार खेलमा भुवनेश्वरी नमुना माध्यमीक विद्यालय परिगाउले ३ वटा स्वर्ण पदक जित्दै सुरुवाती अग्रता लिएको छ । एउटा स्वर्ण पदक सिताराम माध्यमिक विद्यालय कुर्मुल्ले ले जितेको हो ।
भुवनेश्वरी नमुना माध्यमिक विद्यालय का छात्रा अमृता चन्दले १०० मि.दौडमा स्वर्ण पदक जितेकी हुन भने सोही विद्यालयका छात्र बिरेन्द्र भट्टराई ले सटपट मा र छात्रातर्फ जयन्ती धनाडीले सटपट तर्फ स्वर्ण पदक जितेकी छन् ।
विद्यालयका प्रधानाध्यापक डम्बर सिंह थ्वाल र सह प्रधानाध्यापक नरेन्द्र बहादुर शाही ले विद्यालयले यसपाली पनि सिल्ड जित्ने कुरामा पुर्ण विश्वस्त रहेको बताएका छन ।