दार्चुलामा २० वर्षीया युवती मृत फेला

दार्चुला : दार्चुलामा एक युवती मृत फेला परेकी छिन्।

महाकाली नगरपालिका–२ मैखोलीमा पोली हाउसभित्र स्थानीय २० वर्षीया युवती निर्मला सितोली आइतवार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती युवती घर नजिकैको पोलीहाउसको भित्र मृत फेला परेकी थिइन्।

मृतक सितोलीको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए।

Deep Jyoti Pustak psl
Loading...