परशुराम धाममा हुने आध्यात्मिक कार्यक्रमका लागी समाजसेवी मल्लद्दारा विश्व हिन्दु युवा संघलाई २५ हजार आर्थीक सहयोग

डडेल्धुरा : जापानमा बस्दै आएका समाजसेवी विनय प्रकाश मल्लले विश्व हिन्दु युवा संघ डडेल्धुरालाई २५ हजार सहयोग गरेका छन्।

मकर संक्रान्तिको अवसरमा परशुराम धाममा हुने आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रमका लागि मल्लले संघलाई २५ हजार सहयोग गरेका हुन्। बिहीबार समाजसेवी मल्लकी आमाले संघका जिल्ला अध्यक्ष मोहन ऐर ‘रोहन’लाई उक्त रकम हस्तान्तरण गरिन्।

सहयोग गरेबाफत मल्लकी आमालाई अध्यक्ष ऐरले खादा र दोसल्ला ओढाएर सम्मान व्यक्त गरे। हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यही पुस २९ र माघ १ गते परशुराम धाममा आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम हुँदैछ।

धार्मिक आस्था उजागर गर्ने र परशुराम धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गर्न लागिएको अध्यक्ष ऐरले बताए।

Loading...