अत्तरिया महोत्सवमा नक्कली टिकट ठेली भेटिए

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नक्कली ठेली भेटिएको छ ।

आयोजक अत्तरिया उद्योग वाणिज्य संघले महोत्सव स्थलको टिकट काउण्टरबाट २८ वटा नक्कली टिकट ठेली नियन्त्रणमा लिएको छ । आयोजक अत्तरिया उद्योग वाणिज्य संघले छड्के चेकजाँच गर्दा नक्कली ठेलि फेला परेको संघका महासचिब शंकर खड्काले बताए ।

बिहिबार टिकट स्थलमा नक्कली टिकट ठेली भेटिएपछि शुक्रबार आयोजकले नै टिकट काटेका थिए । तर, ति २८ वटा नक्कली टिकट ठेली कहाँबाट महोत्सवमा भेटिए भनेर अनुसन्धान भईरहेको महासचिब खड्काले बताए ।

महोत्सवमा टिकट काट्ने जिम्मा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) लाई दिइएको थियो । महोत्सव स्थलमा शनिबार पनि आयोजकले नै टिकट काटिरहेका छन ।

महासचिव खड्काले निर्णय गरेर नै टिकट काट्ने स्ववियू संगको सम्झौता तोडिएको बताए । अत्तरिया महोत्सवका टिकट काठमाडौंमा छपाइएका थिए । काठमाण्डौबाट सिल प्याक गरेर आउने टिकट महासचिव खड्काको रोहबरमा बुझेर सचिव दीपिन साउदले टिकट ठेली टिकट काउण्टरमा वितरण गर्दै आएका थिए ।

यसरी महोत्सवबाट नक्कली टिकट ठेली भेटाएपछि महोत्सवमा यसअघि पनि नक्कली टिकट ठेली वितरण भएर आर्थिक हिनामिना भएको आशंका गरिएको छ ।

Loading...