अत्तरिया उद्योग वाणिज्य संघमा व्यवसायीले लगाएको ताला प्रहरीले खोल्यो

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघमा लगाईएको ताला खोलिएको छ । अत्तरियाक्षेत्रका व्यापारीहरुले संघमा लगाएको ताला ईलाका प्रहरी कार्यालय मालाखेतीले खोलेको हो ।

अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली ठेली प्रकरणमा छानबिनको माग गर्दै व्यवसायीले ताला लगाएका थिए ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक डिएसपी गणेश बरालले संघमा लगाईएको ताला खोलिएको जानकारी दिए । उनले संघका केही कागजातहरु राख्नुपर्ने भएकाले ताला खोलिएको बताए । उनले दोषीलाई कारबाहीका लागि छानविन भैरहेको पनि बताए ।

यता व्यवसायी धना चोखालले ताला खोलिएको बारे आफुहरुलाई जानकारी नभएको बताईन । संघमा ताला लगाएर ईलाका प्रहरी कार्यालयमा चाबी बुझाएको बताउदै उनले आफुहरुलाई जानकारी नै नदिई प्रहरीले ताला खोलेको बताईन ।

उक्त नक्कली टिकट ठेलीका विषयमा सत्यतथ्य छानबिन गर्न आनाकानी गरिएकाले वाणिज्य संघमा ताला लगाइएको व्यापारीहरुले बताएका छन् ।

यही माघ ७ गतेसम्म सञ्चालित आठौँ संस्करणको महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।

Loading...