नक्कली टिकट ठेली प्रकरण : छानविनका लागि दवाव दिन संघर्ष समिति गठन

अत्तरिया : कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकट ठेली प्रकरणको छानविन गर्नका लागी दवाव दिन संघर्ष समिति गठन गरिएको छ ।

शुक्रबार अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा संघर्ष समिति गठन गरिएको हो ।

समितिको सहसंयोजकमा नैन सिह कार्की र सचिवमा धना देवी चोखाल रहेका छन । समितिमा २० जना सदस्य रहेका छन ।

भेलाले वीर बहादुर चोखालको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकार समितिमा धर्म सिह कुवर, सन्तोष सिह, टिकाराम आचार्य र गणेश महरा रहेका छन ।

अत्तरियाको लामीताल परिसरमा पुस २६ देखि माघ ७ गते सम्म संचालित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली भेटिएका थिए ।

Loading...