डोटीमा एक्काइस बालबालिका टोक्ने बहुलाहा कुकुर समातियो

धनगढी : डोटीमा एकै दिनमा एक्काइस बालबालिका टोक्ने बहुलाहा कुकुरलाई नियन्त्रणमा ल्याइएको छ।

आइतवार एकै दिनमा बहुलाहा कुकुरले सिलगढीका एक्काईस जना बालबालिकालाई टोकेको थियो।

उक्त कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, प्रदेश भेटेरीनरी अस्पतालका र दिपायल सिलगढी नगरपालिका पशु सेवा शाखाका कर्मचारी तथा नगर प्रहरीको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको स्थानीय डिलबहादुर महराले बताए।

Deep Jyoti Pustak psl
Loading...