बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ : बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

जयपृथ्वी राजमार्ग अन्तर्गत जयपृथ्वी नगरपालिका–७ माल्नालाग्ने भिरमा सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो।

सडक अवरुद्ध भएपछि यातायातका साधन ठप्प परेका छन्। राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...