बझाङ्गका सन्तोष बैंगलोरमा मृत फेला

धनगढी : बझाङ्गका एक जना पुरुष बैंगलोरमा मृत फेला परेका छन्।

बझांङ्गको छान्ना घर भएका हाल बैंगलोरमा रोजगारी गर्ने सन्तोष रावल मृत फेला परेका हुन्।

काम गरेर फर्किने बेला करिब ३ बजे आफ्नो अफिसबाट ३ किलोमिटर टाढा मेट्रो पुल तल रावलको लास प्रहरीले फेला पारेको रभी रुपेनले जानकारी दिए। उनको शव सागर हस्पिटलमा राखिएको छ।

घटना रहस्यमय भएको हुनाले कर्नाटक पुलिस त्यस ठाउँमा पुगी अनुसन्धान गरिरहेको छ।

मृतक रावल आफ्नो परिवार र बच्चासँग बैंगलोरमा बस्दै आएका थिए।

Deep Jyoti Pustak psl
Loading...