कैलालीको अत्तरियामा ‘बर्गर हाउस’ सञ्चालनमा

हप्ताको दुईदिन 'लाइभ म्युजिक'

अत्तरिया : कैलालीको अत्तरियामा ‘बर्गर हाउस’ सञ्चालनमा ल्याईएको छ । आज (शनिबार) बाट अत्तरियाको चोक नजिकै पहाडलाईनमा ‘वर्गर हाउस एण्ड क्रञ्चि फ्राइड चिकन’ नामक बर्गर हाउस सञ्चालनमा ल्याईएको हो ।

उक्त ‘बर्गर हाउस’को एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले रिवन काटेर उद्घाटन गरेका छन् ।

करिब डेढ करोडको लगानीमा चार जना युवाहरु डिल्ली भट्ट, बिरेन्द्र थापा, ज्ञानु भट्ट, अमृत खडका मिलेर बर्गर हाउस सञ्चालनमा ल्याइएका हुन् । सञ्चालक डिल्ली भट्टले मुख्य परिकार ‘बर्गर’ भएपनि खाना, नास्ता लगायतका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराईने बताएका छन् ।

उनले अत्तरियामा तत्काल बर्गरको बजार नभएपनि भविष्यलाई सोचेर लगानी गरेको बताएका । अत्तरिया क्षेत्रका ग्राहकहरुलाई अत्तरियामै बर्गर उपलब्ध गराउने आफुहरुले प्रयास थालेको समेत उनले बताएका छन् ।

वर्गर हाउस आन्तरिक सजावट र पारिवारिक वातावरणको हुनुका साथै विभिन्न किसिमका पार्टीका लागि पनि पर्याप्त ठाउँ रहेको उनले बताए । शान्त वातावरणमा सबैलाई पायक हुने स्थान रहनुका साथै खाना, नास्ताका परिकारहरू होम डेलिभरीको पनि व्यवस्था रहेको सञ्चालक भट्टले बताएका छन् ।

उनले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रेंच आइटमहरु समेत उपलब्ध गराउने बताए । सञ्चालक भट्टले हप्ताको २ दिन शुक्रबार र शनिबार सांगीतिक रमाईलो कार्यक्रम समेत हुने बताएका छन् ।

बर्गर हाउसमा अर्गानिक खानाहरुको पनि व्यवस्था गरिने बताईएको छ । चार जना युवाहरुले सञ्चालनमा ल्याइएको उक्त बर्गर हाउसमा २० जना व्यक्तिहरूलाई रोजगार प्रदान गरेको बताईएको छ ।

Loading...