बझाङकी १६ वर्षीया रमिला पासो लगाएको अवस्थामा मृत फेला

बझाङ : बझाङमा एक किशोरी मृत फेला परेकी छिन् ।

जिल्लाको जयपृथ्वी नगरपालिका–११ डाँडागाउँकी १६ वर्षीया रमिला विक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

सोमबार आफ्नै घरको कोठामा डोरीले पासो लगाएकी उनलाई जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Deep Jyoti Pustak psl
Loading...