शैल्यशिखरका वडाध्यक्ष डाँगाले लेखापाल बिष्टलाई दिए मारी दिने धम्की (अडियो सहित)

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक वडाध्यक्षले आफ्नै पालिकाका लेखापाललाई ज्यान मार्ने ‘मारी’ दिने धम्की दिएका छन्।

एमालेबाट दार्चुला ५ नम्बर वडाका वडाध्यक्ष जनकसिंह डाँगाले नगरकार्यपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख ९लेखापाल० विजय बिष्टलाई मारी दिने धम्की दिएका हुन्। वडाध्यक्ष डाँगाले लेखापाललाई आफ्नो फर्जी बिल भुक्तानी नगरेको भन्दै कार्यालयमै गएर ज्यान मार्ने धम्की दिएका हुन्।

वडाध्यक्ष डाँगाले लेखापाललाई ‘भोलिदेखि शैल्यशिखरको चेक नकाटिस है विजय जी चेक काट्यो भने मारि दिउला’ र ‘लेखामा आएर सल्लाह नगर्ने लेखामा आएर काम नगरि हुने हो र म मारि दिउला’ जस्ता शब्द प्रयोग गरेका छन्।

तर, वडाध्यक्ष डाँगाले त्यस्तो नभएको दाबी गरे। छोटो प्रतिक्रिया दिँदै उनले भने, ‘अडियोमा त्यस्तो छैन।’

अडियो

Deep Jyoti Pustak psl
Loading...