अछाममा एक जना मृत फेला

अछाम : अछाममा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको मंगलसेन नगरपालिका–१३ सालपाटाका ५८ वर्षीय दिपक थयात खड्का मृत अवस्थामा फेला परेका हुन्। उनी सोही स्थानको तितेपातीको झाडीमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...