डडेल्धुरा : डडेल्धुरामा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ । सर्वाधिक २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड उचालेको हो ।
प्रतियोगितामा १९ स्वर्ण, ७ रजत र १७ कास्य प्राप्त गर्दै अमरगढी नगरपालिका द्वितीय भएको छ भने ८ स्वर्ण, १७ रजत र ११ कास्यसहित अजयमेरु गाउँपालिका तृतीय भएको छ । प्रतियोगितामा आलिताल गाउँपालिकाले ५ स्वर्ण, १२ रजत र १३ कास्य जितेको छ।
भागेश्वर गाउँपालिकाले १ स्वर्ण, २ रजत र १ कास्य, नवदुर्गा गाउँपालिकाले १ स्वर्ण, १ रजत र ७ कास्य हात पारेको छ । गन्यापधुरा गाउँपालिकाले भने एउटा पनि स्वर्ण पदक जित्न सकेन । उसले २ रजत र ५ कास्यमा चित्त बुझाएको छ । प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डम्बरबहादुर थापाले बताए ।
अमरगढी नगरपालिका–४ टुँडिखेलमा जिल्ला खेलकुद समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । गतवर्ष पनि उपाधि परशुरामले नै जितेको थियो ।
