कञ्चनपुरमा जुवाखालबाट लाखौँ नगदसहित पन्ध्र जुवाडे पक्राउ

अत्तरिया : कञ्चनपुरमा १५ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–५ गुलरिया बजारबाट १५ जना जुवाडे पक्राउ परेका हुन्।

गएराति ११ बजे कृष्णपुर–५ गुलरिया बजारमा रहेको ४५ वर्षीय दिनेश पनेरुको त्रिपूरा मदिरा विक्री वितरण केन्द्रभित्र उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट हित २ लाख ७७ हजार ५०५ नगद रुपैयाँ बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र स्थानीय प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Deep Jyoti Pustak psl
Loading...