कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर : कञ्चनपुरको विभिन्न स्थानबाट ६ लाख बढीका सामान बरामद गरिएको छ। भीमदत्त नगरपालिका–१७ मझँगाउबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ५ हजार मूल्यको कपाल बाध्ने रबर बरामद गरिएको छ।

यस्तै लालझाँडी गाउँपालिका–१ डाडा बिछुवाबाट ५ लाख ६७ हजारको प्याज, मोटरसाईकल ३ थान र बेलौरी नगरपालिका–१, २ बैजुडाडा र भैसोरबाट २९ हजार ५०५ मूल्यको खानेतेल, अण्डा, बिस्कुट, खेलौना लगायतका सामान गरि जम्मा ६ लाख १ हजार ५०५ मूल्यको सामान मंगलवार प्रहरीले बरामद गरेको छ।

उक्त सामा प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।

Deep Jyoti Pustak psl
Loading...