अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले राष्ट्रपति रनिङ शिल्डमा पदक प्राप्त गर्ने विद्यार्थी खेलाडीहरुलाई सम्मान गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरी पालिकाले १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने विद्यार्थी खेलाडीहरुलाई खादा र टिकाले सम्मान गरेको हो ।
गत माघ २७ गते सम्पन्न कैलाली जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोदावरी नगरपालिकाले तेस्रो स्थान हासिल गरेको थियो । उक्त प्रतियोगितामा नगरपालिकाले ५ स्वर्ण, २४ रजत र १० कास्य गरी जम्मा ३९ पदक प्राप्त गरेको थियो ।
पदक प्राप्त गर्ने खेलाडीहरुको हौसला बढाउन नगरपालिकाले सम्मान गरेको बताएको छ । नगरले उसुमा एउटा, करातेमा २, तेक्वान्दोमा एउटा र कबड्डिमा एउटा गरी ५ वटा स्वर्ण पदक जितेको थियो ।
कबड्डिमा जिल्लामै प्रथम भएको गोदावरीका ६ जना कबड्डि खेलाडीहरुलाई प्रदेश अन्तरगतको खेलका लागि समेत छनौट गरिएको छ ।