बझाङमा २२ वर्षीय युवक मृत फेला

बझाङ : बझाङमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मष्टा गाउँपालिका–५ द्वारीका २२ वर्षीय धिरज बुढा मृत अवस्थामा फेला परेका हुन्। उनी जयपृथ्वी नगरपालिका–१० को जीपपार्कमा कोठामा बस्दै आएका थिए।

बुढालाई आज (आइतवार) बिहान कोठाभित्र मृत अवस्थामा पाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारि दिपेश चौधरीले बताए।

Deep Jyoti Pustak psl
Loading...