डडेल्धुरामा फागुन २४ गतेदेखि महोत्सव लाग्ने

डडेल्धुरा : ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं छैठौं डडेल्धुरा महोत्सव–२०८०’ आयोजना गरिने भएको छ।

डडेल्धुरा उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो। महोत्सव यहि फागुन २४ गतेदेखि चैत ४ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा आयोजना हुने भएको बताइएको छ।

उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिने भएको छ।

यहाँका ऐतिहासिक पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रर्र्वद्धन तथा यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गर्न लागिएको संघका कार्यबहाक अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष दीपकबहादुर महताले जानकारी दिए।

Loading...