अत्तरियाको पुष्पाञ्जली बिद्यालयले मनायो ३५औं बार्षिक उत्सव

उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै शिक्षक शिक्षिका लाई बैदेशिक भ्रमण

अत्तरिया : कैलालीको गोदावरी नगरपालीका-२ अत्तरिया स्थित पुष्पाञ्जली आवासिय माध्यामिक बिद्यालयले ३५औ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बिद्यालयले आज (मंगलबार) बार्षिक उत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरि मनाएको हो ।

बिद्यालयका संस्थापक प्रिन्सिपल यम प्रसाद भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा वरिष्ठ गायक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान उप कुलपति सम्भु राई प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक कार्यक्रम, मन्तव्य संगै मनमोहक प्रस्तुति समेत राखेका थिए भने बिभिन्न बिधामा उत्कृष्ठ बिद्यार्थीहरुलाई नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विधार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।

बिद्यालयमा अध्ययनरत गतबर्षका एसईई मा ए प्लस ल्याएका ३ जना बिद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो भने ए ग्रेड पास गरेका २२ जना विद्यार्थीहरुलाई ल्यापटप ब्याग वितरण गरिएको थियो ।

त्यस्तै विद्यालयमा ८ वर्ष देखि अध्यापन गराईरहेका शिक्षक,शिक्षिकालाई सम्मान संगै पारिवारिक भारत भ्रमणको व्यवस्था गरिएको छ भने १५ बर्षदेखि अध्यापन गराईरहेका शिक्षक शिक्षिकालाई तेस्रो मुलुक परिवारसहितको भ्रमणको व्यवस्था गरिएको बिद्यालयकी प्रशासन प्रमुख कल्पना भण्डारीले बताईन् । उनले शिक्षक शिक्षिकाहरुको मनोबल उच्च राख्न उक्त प्रोत्साहन कार्यक्रम ल्याईएको बताउदै तेस्रो मुलुक भ्रमणको लागि बिद्यालयमा अध्यापन गराईरहेका शिक्षक डमरु भट्ट तयारी अवस्थामा रहेका बताईन् ।

बार्षिक उत्सव कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष जगविर थापा, प्याब्सन सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा सक्षम पाठशालाका प्रधानाध्यापक तर्क राज भट्टराई, प्याब्सनका केन्द्रीय सदस्य योगेन्द्र हमाल, नेकपा एमाले कैलाली जिल्ला सदस्य आनन्द भट्ट, हार्डवेयर व्यवसायी संघ कैलालीका उपाध्यक्ष नैन सिंह कार्की लगायत बिभिन्न बिद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिका, अभिभावक, समाजसेबी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायतको उपस्थीती रहेको थियो ।

बिद्यालयकी प्रशासन प्रमुख कल्पना भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक डमरु भट्टले गरेका थिए भने विद्यार्थीको तर्फबाट कक्षा १० मा अध्यनरत छात्रा अमृता चन्दले गरेकी थिइन् ।

२०४५ सालमा स्थापना भएको विद्यालयमा हाल करिब १ हजार विद्यार्थीहरु अध्यनरत रहेका छन् । बालबालिकाहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सुविधासम्पन्न भौतिक पुर्वाधार निर्माण गर्नुका साथै जनशक्तिको समेत उचित व्यवस्थापन गरिएको बिद्यालय प्रसासनले जनाएको छ ।

Loading...