कैलाली जिल्ला समन्वय समितिले गोदावरी र धनगढीको सिमा विवाद समाधानकालागि प्राविधिक टोली गठन गर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिकाको सिमा विवाद समाधानकालागि प्राविधिक टोली गठन गरिने भएको छ ।

जिल्ला समन्वय समितिले सिमा विवाद समाधानकालागि प्राविधीक टोली गठन गरिने बताएको हो । गोदावरी नगरपालिका वडा नम्बर ९ र धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र १७ को सिमा क्षेत्रमा पर्ने खुटिया नदीबाट नदीजन्य पदार्थ उठाउने विषयमा लामो समयदेखी दुई पालिकाबिच विवाद रहँदै आएको छ ।

सोहि विवाद समाधानकालागि भन्दै बिहिबार स्थलगत अध्ययनकालागि पुगेको जिल्ला समन्वय समिति कैलालीको टोलीले प्राविधीक टोली गठन गर्ने जनाएको हो । प्राविधिक टोलीमा नापी विभागका कर्मचारी, दुवै पालिकाका सम्बन्धीत वडाका वडा अध्यक्ष, प्राविधिक, नगर प्रहरी लगायतको सहभागीता रहने जनाईएको छ ।

यस्मा दुवै पालिकाले मौखिक सहमति जनाएका छन् । खुटिया नदीको सो क्षेत्रमा उत्खनन् तथा भोगाधिकारमा दुवै पालिकाले आ आफ्नो दाबी गर्दै आएका छन् । यसअघि नदीको पुर्वतिर धनगढीले र पश्चिमतिर गोदावरीले नदीजन्य पदार्थ उठाउँदै आएको थियो ।

विगतका वर्षहरुमा गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ उठाउँदै आएको क्षेत्रबाट पनि यसवर्ष धनगढीले नदीजन्य पदार्थ उठाउन थालेपछि केहिदिन अघि पनि विवाद भएको थियो । विवाद समाधान नभएसम्मका लागि सो क्षेत्रबाट नदीजन्य पदार्थ नउठाउने सहमति भएको थियो ।

बिहिबार जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक अध्यक्ष खगराज भुसालको अध्यक्षतामा दुवै स्थानीय तहका राजनितिक, प्रशासनिक तथा प्राविधिक नेतृत्वको उपस्थीतीमा स्थलगत अध्ययन गरिएको हो । भुसालले सिमा क्षेत्रको विवादलाई लामो बनाउनु उचित नहुने बताए ।

उनले बस्ती र संरचना बचाउने कुरामा दुवै पालिका गम्भीर हुनुपर्ने बताए । उनले नक्सा हेरेर थप निष्कर्ष निकालिने बताए त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख बिरेन्द्र भट्टले उत्त विवाद दुवै पालिकाका सिमा क्षेत्रका बासीन्दालाई समेत सहज हुने बताए ।

यसअघि धनगढीले एकलौटी रुपमा सिमांकन गरेको हुँदा अब विवादीत क्षेत्रमा दुवै पालिकाका प्रतिनिधीको सहभागितामा नयाँ सिमांकन गर्नुपर्ने धनचौरीबासीको माग छ ।

Loading...