बझाङमा गाइ चराउन गएको मौका छोपी करणी गरेको आरोपमा खड्के पक्राउ

बझाङ : बझाङमा किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

बित्थडचिर गाउँपालिका–१ खुलमहरका ५५ वर्षीय खड्के बोहरालाई करणी गरेको आरोपमा प्रहरीले पकाउ गरेको हो।

बोहराले फागुन ११ गते दिउँसो १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। गाइगोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ।

किशोरीका परिवारले जाहेरी दिएको केही समयमै प्रहरीले बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीले बताए।

Deep Jyoti Pustak psl
Loading...