दार्चुलामा बाघले बाख्रा गोठबाटै बाख्रा मार्यो

दार्चुला : दार्चुलामा बाघले एक किसानका १५ बाख्रा मारेको छ ।

दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर–४ सिप्टी मल्लाकपडेका एक किसानको १५ बाख्रा बाघले गोठमै पसेर मारेको हो । नौगाड गाउँपालिका ४ सिप्टी मल्लाकपडेका बिरेन्द्र ठगुन्नाको बाख्रा गोठबाटै बाघले खाएको स्थानीयले बताएका छन् ।

त्यहाका स्थानीयका अनुसार बाघले मानिसलाई समेत आक्रमण गर्न खोजेको छ । पछिल्लो समय दार्चुलाका बिभिन्न स्थानमा बाघले सताउन थालेको छ ।

Loading...