धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ।
घोडाघोडी नगरपालिका–८ जडै बस्ने प्रेमबहादुर नेपालीको घरमा बिजुलीको तार सर्ट भएर शनिवार दिउँसो आगलागी भएको हो।
आगलागी हुँदा घरभित्र रहेका काठपात,लत्ताकपडा, अन्नपात र भाडाबर्तन गरी अन्दाजी १ लाख ५० पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानाएको छ।
उक्त आगलगी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
