मलामी गएका एक जनाको नदीमा डुबेर मृत्यु

बझाङ : बझाङमा मलामी गएका एक जनाको नदीमा डुबेर मृत्यु भएको छ।

जयपृथ्बी नगरपालिका–७ धौलाबगर स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर जयपृथ्बी नगरपालिका–६ बस्ने ४० वर्षीय धनजित आग्रीको शनिवार दिउँसो मृत्यु भएको हो।

चट्याङलागेर मृत्यु भएका गजेन्द्रबहादुर सिंहको दाह संस्कारको लागि मलामी गएका आग्री सेती नदीमा नुहाउने क्रममा बगेर अन्दाजी १ किलोमिटर तल नदीको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको छ।

Deep Jyoti Pustak psl
Loading...