गोदावरी-१ मा क्षेत्रिय मेडिकल स्टोरको शिलान्यास

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा क्षेत्रिय मेडिकल स्टोरको शिलान्यास गरिएको छ । सेभ द चिल्ड्रेन ईन्टरनेशनलको लगानीमा सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको क्षेत्रिय मेडिकल स्टोरको आज एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिलान्यास गरेका हुन् ।

उक्त वैज्ञानिक अत्याधुनिक मेडिकल स्टोर १२० दिनमा तयार गरी हस्तान्तरण गर्ने निर्माण कम्पनी हाईटेक डेभलपर्स प्रा.लि. का प्रबन्ध निर्देशक अमर घिमिरेले बताए । चितवनमा मुख्य कार्यालय रहेको सो कम्पनी अत्याधुनिक फलामे प्रविधिका लागी राष्ट्रिय रुपमा चिनिएको उनको भनाई छ ।

सार्वजनिक सूचना मार्फत कोटेशन आह्वान गरी निर्माण प्रकृयाको जिम्मेवारी दिईएकोले समयमा गुणस्तरिय कार्य हुनेमा विश्वस्त रहेको सेभ द चिल्ड्रेनका प्रदेश प्रमुख प्रकाश चन्द्र लेखकले बताए ।

Loading...