दार्चुला : दार्चुलामा कोदोको बोराभित्र चरेश फेला परेको छ।
दार्चुलाको महाकाली नगरपालिका–१ श्रीबगर स्थित दार्चुला–तिंकर सडक खण्डबाट २ किलो ७०० ग्राम लागूऔषध (चरेश)सहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ बस्ने २७ वर्षीय हर्कलाल रानालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा रानाले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००१ त १३१० नम्बरको ट्याक्टको ट्रालीमा कोदोको बोराभित्र लुकाइ छिपाई राखेको अवस्थामा चरेश फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
सोधपुछ गर्दा उक्त सामान पठाउने ब्यक्ति दार्चुलाको ब्याँस गाउँपालिका–४ सुनसेरा बस्ने ५५ वर्षीय जयलाल कुँवर भनि खुलेपछि उनलाई समेत प्रक्राउ गरि चरेश र ट्याक्टरसहित दुवै जनालाई प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा दार्चुला प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
