पुलबाट हाम फालेर बझाङमा एक युवती घाइते, पहिचान खुल्न बाँकी

अत्तरिया : बझाङमा पुलबाट हाम फालेर एक युवती घाइते भएकी छिन ।

जयपृथ्वी नगरपालिका – ११ मा रहेको पानकोट पुलबाट हाम फालेर युवती घाइते भएकी हुन । युवतीको पहिचान खुल्न बाँकी रहेको र उनले पुलबाट हाम फालेकी हुन् वा के भएको हो भन्ने पनि नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

नदीमा हाम फालेकी युवतीको स्थानीयले उद्दार गरेका थिए । नदीमा हाम फालेर घाइते युवतीको जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ ।

Deep Jyoti Pustak psl
Loading...