इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज बिहान स्वदेश आइपुगे

काठमाण्डौ : इजरायलमा रहेका २ सय ५४ जना नेपाली आज शुक्रवार बिहान स्वदेश आइपुगेका छन् ।

सरकारले उनीहरुलाई नेपाल एअरलाइन्सको विमानबाट स्वदेश ल्याएको हो । उनीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी इजरायल पुगेका थिए ।

उद्धारका लागि बिहीवार बिहान दुबई हुँदै गएको नेपाल एअरलाइन्सको विमान इजरायलको तेलअभिभ गएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले आवश्यकता अनुसार अरूलाई पनि देशमा फिर्ता ल्याउन सरकारले पहल गर्ने बताउनुभयो ।

बाँकी रहेका अरुलाई नियमित उडान मार्फत् ल्याउने सरकारको तयारी छ।

Dhangadhi 2081
Loading...