बझाङमा एकल महिलालाई चुरापोते बनाउने ७ दिने तालिम

बझाङ : बझाङमा एकल महिलाहरुलाई चुरापोते बनाउने तालिम दिइएको छ ।

सामाजिक विकास कार्यालय बझाङले एकल महिलाहरुका लागि यही चैत्र १६ गतेदेखि २२ गतेसम्म चुरापोते बनाउने ७ दिने तालिम सञ्चालन गरेको हो ।

एकल महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरी उनीहरुको जीविकोपार्जन र आयआर्जनमा मद्दत पुगोस् भन्ने उद्देश्य लिइएको सामाजिक विकास कार्यालयका प्रमुख प्रयागराज जोशीले बताए ।

तालिममा सहभागी एकल महिलाहरूलाई अनुदान स्वरूप २० हजार रुपैयाँ प्रदान गरिने बताएइको छ ।

तालिमपश्चात् सहभागीहरूले खाली समयको सदुपयोग हुने, सानो लगानीमा ठुलो प्रतिफल पाइने र बजारको पनि समस्या नहुने भएकाले तालिम फलदायी रहेको बताए ।

Deep Jyoti Pustak psl
Loading...