चाँडपर्व नजिकिएसंगै अत्तरिया बजारमा अनुगमन

अत्तरिया :  कैलालीको अत्तरिया बजारमा अनुगमन गरिएको छ । दशैतिहार नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी र म्याद गुज्रिएका सामग्रीहरुको बेचविखन रोक्न गोदावरी नगरपालिकाले अनुगमन गरेको हो ।

नगरउपप्रमुख शारदा रोकाया सहितको टोलीले बिहिबार २३ वटा पसलहरुको अनुगमन गरेको छ । नगरउपप्रमुख रोकायाले दशैतिहार अघि खाद्यवस्तुमा कालोबजारी हुने, अखाद्य बस्तुहरुको विक्रिवितरण बढी हुने भएकाले अनुगमन गरिएको बताईन ।

उनले बजारमा करको दायरामा नआएका व्यापारीहरुलाई करको दायरामा ल्याउनका लागि पनि अनुगमन महत्वपुर्ण भएको बताईन ।

खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढी बाट आउने टोलीको व्यस्तताका कारण अनुगमनमा केही ढिलाई हुन गएको बताउदै उनले आगामी दिनमा प्रत्येक महिनामा २ दिन अनिवार्य रुपमा बजार अनुगमन गरिने बताईन ।

अनुगमन टोलीले १४ वटा किराना पसल, ३ वटा मेडिकल, ३ वटा होटल, एउटा डेरी तथा बेकरी, एउटा मासु पसल र एउटा डेन्टलमा अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत लोकबहादुर खड्काले जानकारी दिए ।

अनुगमनका क्रममा केही पसलहरुबाट अखाद्य वस्तुहरु फेला परेको उनले बताए । उनका अनुसार अनुगमनका क्रममा करिब ८ हजार बराबरका म्याद नाघेका अखाद्य वस्तुहरु फेला परेका थिए ।

उनले पसलहरुबाट फेला परेका अखाद्य बस्तुहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका पदाधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, नगरपालिकाका विषयगत शाखाका प्रतिनिधिहरु र उपप्रमुख रोकायाको रहोबरमा नष्ट गरिएको बताए ।

उनले बजारमा हुने कालोबजारी र अखाद्य बस्तुहरुको बिक्रिवितरण रोक्न नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने समेत जानकारी दिए ।

Dhangadhi 2081
Loading...