नवदुर्गा आधारभुत विद्यालय बरबट्टाको वार्षिकोत्सव तथा अभिवावक दिवस सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं ५ को बरबट्टाको नवदुर्गा आधारभुत विद्यालयमा बालविकास  स्थापनाको २० औं र विद्यालय स्थापनाको १५औं वार्षिकोत्सव तथा अभिवावक दिवस हिजो (बुधबार) सम्पन्न भएको छ ।

बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष गोविन्द चौधरी कोअध्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथिमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, विशिष्ट अतिथिमा शीक्षा बिद डा. डम्मर बहादुर पाल, शिक्षा समिति सदस्य भिम बहादुर बलायर, बडा न. ५ का वडा अध्यक्ष सुद्धीराम चौधरी सहित अभिभावक, समाजसेवी बुद्दिजिबिहरुको उपस्थिति रहेको थियो ।

१५ औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अबसरमा यस बिद्यालयलाई बिभिन्न माध्यमबाट सहयोग पुर्याउने प्रतिनिधि तथा अभिभावकलाई सम्मान गरेको थियो । भने बिद्यार्थीहरुमा उत्कृष्ठ नतिजा ल्याई अगाढी बढेका लाई पुरुस्कार समेत बितरण भएको थियो ।

१५ औं वार्षिकोत्सव तथा अभिवावक दिवसको अबसरमा बोल्दै नगर प्रमुख भट्टले भने, “गोदावरी नगरमा सबै क्षेत्रमा सम्भावना धेरै छन् तर कठिन पनि उत्तिकै रहेको बताए । नगरमा रहेका सम्पुर्ण बिद्यालयहरुमा शैक्षिक गुणस्तर न्युन रहेको र आफ्नो जिम्मेबारीका साथ अगाढी बढ्न सके मात्रै यस क्षेत्रको बिकास हुने बताए ।”

Loading...