कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद

अत्तरिया :  कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थान धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली स्थित भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५० हजार मूल्य बराबरको जुत्ता, धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट अन्दाजी २२ हजार मूल्य बराबरको लेडिज सुट, कुर्ती लगायतका सामान, धनगढी उपमहानगरपालिका ३ पुरानो भन्सार कार्यालय नजिकबाट अन्दाजी २३ हजार ५ सय मूल्य बराबरको लेडिज सुट, कुर्ती, साडी, चिनी लगायतका सामान र भजनी नगरपालिका ३ कर्मदेबघाटबाट अन्दाजी २३ हजार १ सय मूल्य बराबरको चिनी, सुर्ती, ललिपप गरि जम्मा अन्दाजी १ लाख १८ हजा ६ सय मूल्य बराबरको सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका २ बैजुडाँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४२ हजार ५ सय ८४ मूल्य बराबरको बिष्कुट, नमकिन, गुट्का, प्लाष्टिक लगायतका सामान बिहीबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...