लोटस आई क्रिकेट कपको उपाधी सैनिक आवाशिय महाविद्यालयलाइ

अत्तरिया : कैलालीको अत्तरियामा जारी लोटस आई कप अन्तर विद्यालय स्तरिय क्रिकेट प्रतियोगीताको उपाधी सैनिक आवाशिय महाविद्यालयले हात पारेको छ ।

शुक्रबार भएको फाईनल खेलमा कञ्चनपुरको ज्योती बोर्डिङ स्कुललाई ३० रनले पराजित गर्दै सैनिकले उपाधी जितेको हो । शान्तिपुर खेलमैदानमा भएको फाईनल खेलमा टस जितेर सैनिकले ब्याटिङ रोजेको थियो ।

सैनिकले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदै १२४ रन बनाएको थियो । उसका लागि निसान्त भट्टले सर्वाधिक ३३ रन बनाएका थिए । बलिङमा ज्योतीका विनोद सिँहले ३ विकेट र आशिष ताम्राकारले २ विकेट लिए ।

१२५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको ज्योतीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्रै बनाउन सक्यो । उसका लागि सुरज बोहरा र नविन ताम्राकारले समान १४÷१४ रन बनाए । बलिङमा सैनिकका सुशिल चन्द र निशान्त भट्टले समान ३÷३ विकेट लिएका थिए ।

उपाधी जितेसँगै सैनिक आवाशियले नगद रु. १ लाख १ हजार रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको ज्योतीले नगद रु. ५१ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगीताभर १० विकेट र ११८ रन बनाएर उत्कृष्ट खेल प्रर्दशन गरेका सैनिकका कप्तान सुशिल चन्द उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद रु. १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगीतामा सबैभन्दा बढी १२० रन बनाएका ज्योतीका नविन ताम्राकार उत्कृष्ट ब्याट्सम्यान र सबैभन्दा बढी १५ विकेट लिएका ज्योतीकै आशिष ताम्राकार बेष्ट बलर घोषित भए । उनिहरुले समान नगद रु. ५÷५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी प्रतियोगीताको उदयीमान खेलाडी दुर्गालक्ष्मी नमुना माविका गणेश थापा घोषित भए । उनलाई पनि आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।

अत्तरिया क्रिकेट क्लबको आयोजनामा यही असोज १७ गतेबाट प्रतियोगीता सुरु भएको थियो ।

Dhangadhi 2081
Loading...