अत्तरिया : कैलालीमा शुक्रवार एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।
अत्तरियाबाट धनगढी गइरहेको एम्बुलेन्स र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकआपसमा ठोक्किदा गोदावरी नगरपालिका–५ गेटाअस्पाल नजिक शुक्रबार दुर्घटना भएको हो।
गौरीगंगा नगरपालिका–४ का रेसम कँडेलले चलाएको से १ च १३१ नम्बरको एम्बुलेन्सको ठक्करबाट से ५ प ५६९७ नम्बरको मोटरसाइकल चालक गोदावरी नगरपालिकाका २१ वर्षीय धर्म विष्ट घाइते भएका छन्।
दुर्घटनाबाट विष्टको हात र कम्मरमा चोट लागेको छ। घाइते विष्टको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
