दार्चुलामा अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्दार

अत्तरिया : दार्चुलामा अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्दार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी गस्ती टोलीले शनिबार साँझ महाकाली नगरपालिका – ४ बाङाबगरमा अलपत्र अवस्थामा फेला पारेकी महिलाको उद्दार गरेको हो । प्रहरीका अनुसार ति महिलाले आफ्नो घर डोटी जोरायल गाउँपालिका – २ छतिवन भई हाल दार्चुलामा मजदुरीका लागि आएको बताएकी छिन ।

ति महिलाले आफ्नो र श्रीमानको नाम समेत फरक फरक बताउने गरेकी छिन । प्रहरीले हाल ति महिलालाई सुरक्षित आवास गृह दार्चुलामा राखेको जनाएको छ ।

प्रहरीले ति महिलाको हुलियाको आधारमा आफन्तलाई सम्पर्क गरिदिन आग्रह गरेको छ ।

Loading...