काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ ।
नेपालमा २००६ वैशाख १० गते ९१९४९ अप्रिल २२० का दिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना भएको थियो । समाजवाद स्थापनाको लक्ष्यसहित स्थापित नेकपामा पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव थिए । नेकपाका संस्थापकहरुमा पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ थिए ।
नेकपा स्थापना दिवसको अवसरमा एमालेले हिरक महोत्सव मनाउँदै छ । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा गणतन्त्र गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान समेत गर्ने भएको छ ।