कैलालीमा सवारी ज्यान मुद्दाका २ महिना कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

अत्तरिया :  कैलालीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

गोदावरी नगरपालिका ७ लालपुरका ४५ वर्षीय बिष्णु भाटलाई शुक्रवार बिहान घरको ठेगानाबाट फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

जिल्ला अदालत कैलालीले सवारी ज्यान मुद्दामा २०७७ माघ ६ गते भाटलाई २ महिना कैद सजाय र २ हजार जरिवानाको फैसला सुनाएपछि उनी फरार रहेका थिए। आवश्यक कारबाहीको लागि भाटलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अदालतमा पेश गरिसकेको बताएको छ।

Loading...